'मानव अधिकार'
Samiksha Adhikari
Student | Class 9 'Shelly'
'मानव अधिकार'
मानव अधिकार हरेक मानवको जन्मसिद्ध अमूल्य अधिकार हो, समता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने सबैको अधिकार हो। जात, धर्म, भाषा लिङ्ग वा वर्गका आधारमा विभेद गर्नु हुँदैन। न्याय, मानवताको बाटो छोडी सभ्य समाज कहिल्यै बन्न सक्दैन।
कानुनको नजरमा सबै नागरिक समान हुनुपर्छ। दोषीलाई कानुनी सजाय र पीडितलाई न्याय मिल्नुपर्छ। आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको सम्मान गरौँ, अधिकारसँगै कर्तव्य र जिम्मेवारी पनि पुरा गरौँ।
मानव अधिकारको संरक्षण भए शान्ति र सद्भाव कायम हुन्छ, समता र स्वतन्त्रताको विकाससँगै राष्ट्र पनि समृद्ध बन्छ। आउनुहोस्, अन्याय, हिंसा र विभेदविरुद्ध एकजुट भई अघि बढौँ, मानव अधिकारको सम्मान गर्दै सभ्य र समतामूलक समाज निर्माण गरौँ।
मानव अधिकार केवल किताबका पानामा सीमित नरहोस्, हरेक मानिसको व्यवहार र जीवनमा यसको अनुभूति होस्। सम्मान, स्वतन्त्रता, समता र न्यायको ज्योति सधैँ बलिरहोस्, मानव अधिकार संरक्षण गर्दै हाम्रो देश सधैँ अघि बढिरहोस्।
नाम : समिक्षा आचार्य
कक्षा : ९